५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गण्डकीको मुख्यमन्त्रीमा गुरुङ फेरि नियुक्त




२९ वैशाख ०७७,पोखरा । गण्डकी प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा पुनःनियुक्त गरिएको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङ्गलाई संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सरकारका मुख्यमन्त्रीमा आज नियुक्त गरेका हुन ।
यसअघि मुख्यमन्त्रीबाट यही वैशाख २६ गते गुरुङले राजीनामा दिएका थिए । उनको राजीनामापछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए ।
यसबीचमा बहुमतको सरकार बनाउनका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनको प्रयास गरिए पनि जनमोर्चामा मतैक्यता नहुँदा विफल भएको थियो ।
मुख्यमन्त्री गुरुङले प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्री गुरुङले आजै प्रदेश प्रमुख पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा, उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ६ : ५४ बजे