
३० वैशाख ०७८,काठमाडौँ । नेपालकै अग्रणी अनलाइन रोजगार पोर्टल रोल्लिङ जबले निःशुल्क रोलिंग नेक्सस रोजगार र उद्यमशीलता सिप विकास कार्यक्रम ल्याएको छ । रोलिङ नेक्सस इम्प्लोइमेन्ट एण्ड आन्ट्रप्रेनरसीप स्कील डेभलपमेन्टले मे महिनाभरी निशुल्क कार्यक्रम आयोजना गर्ने भएको छ । विद्यार्थी र रोजगारका अवसर खोजिरहेका लक्षित गरि ल्याएको यो कार्यक्रम ५ हप्ताका लागि तयार पारिएको हो ।
यस कार्यक्रममा अग्रिम दर्ता गराइ निशुल्क कन्जुमर सर्भिस स्किल वर्कशप, डिजिटल मार्केटिङ्ग वर्कशपलगायतसंगै नेपालको मानव संसाधन क्षेत्रमा युवा नेतृत्व, नेपालमा परामर्श कम्पनीहरूका लागि सम्भाव्यता र चुनौतीहरू, नेपालको मानव संसाधन क्षेत्रमा रूपान्तरण विषयहरुमा हुन गइरहेको अनलाइन सेमिनार हरुमा सहभागी जनाउन सकिने जानकारी कार्यक्रमका मुख्य आयोजक रोलिग्ङ जवका भाइस प्रेसिडेन्ट प्रभास राइले दिएका छन् ।
रोलिंग जबका उपाध्यक्ष प्रभास राईले कार्यशालामा अनुभवी पेशेवरहरूले सहयोग पु¥याउने बताइएको छ । कार्यक्रममा सहभागीहरुले आईटी, ईकमर्स, आईएनजीओ, दूरसञ्चार क्षेत्रहरु र बैंकका नेतृत्व पदमा रहेका पेशेवर र उद्यमीहरूसँग छलफल गर्न पाउनेछन् ।
आयोजकका अनुसार अग्रिम दर्ता गरेमा जो कोहीले पनि यस पहलमा भाग लिन पाउनेछन् । दर्ता फारम साप्ताहिक आधारमा आधिकारिक रोलिङ नेक्ससको फेसबुक पेजमा मे महिनाभर उपलब्ध हुनेछ । लकडाउनको समयलाइ सिर्जनशिल र उपयोगी बनाउन सबै बर्ग मा र बिशेष गरी युवा बर्ग मा यो कार्यक्रम मा सहभागी हुन आयोजक रोल्लिङ जब ले आग्रह गरेको छ ।
कम्पनीले युवालाई स्वरोजगार बन्न र उद्यमी बन्न प्रोत्साहन गर्ने यस कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गरेका छ ।








प्रतिक्रिया