१७ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मध्यपुरथिमि नगरद्वारा सञ्चालित कोरिया अस्पतालबाट अक्सिजन उत्पादन सुरु



फाइल तस्विर

३१ वैशाख ०७८,मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले शुक्रबार बेलुकादेखि अक्सिजन उत्पादन शुरु गरेको छ ।
नगरपालिकाको रु ६५ लाखको लगानीमा चीनबाट ल्याइएको प्लान्ट जडान गरी अक्सिजन उत्पादन शुरु गरिएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।
दैनिक ३० देखि ३२ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्टले अब अस्पतालका सघन उपचार कक्ष(आईसियु), हाइकेयर युनिट र भेन्टिलेटरमा भर्ना भएका कोरोनाका २४ बिरामीलाई पाइपमार्फत अक्सिजन पु¥याउने जनाइएको छ ।

अहिले दैनिक ९० सिलिण्डर अक्सिजन खपत भइरहेकामा अब अस्पताललाई ३० सिलिण्डर अक्सिजन मात्रै बाहिरबाट ल्याए पुग्ने भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ९ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।