१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चन्द्रागिरीको किटीनी भञ्ज्याङ्गबाट जुवातास खेल्ने ५ जना पक्राउ



स्केज : श्याम फुयाँल\ललितपुर खबर

३१ वैशाख ०७८, काठमाडौं । चन्द्रागिरी नगरपालिका १३ किटनी भञ्ज्याङस्थित सफल भ्याली भ्यु रेष्टुरेन्ट एण्ड रिसोर्टमा अवैध रुपमा पैसाको हारजित हुने गरी जुवातास (सट्टाबाजी) खेलिरहेको अवस्थामा ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नागार्जुन नगरपालिका ५ घर हुने ५० वर्षीय भाईराजा शाह ठकुरी, ५० वर्षीय मिन बहादुर रजाल, ४७ वर्षीय कृष्ण बिडारी, ३७ वर्षीय कुमार लामा र सोही नगरपालिका १० घर हुने २६ वर्षीय पर्वत खड्का रहेका छन् ।
जुवातास खलिरहेको भन्ने गोप्य सुचना प्राप्त हुनासाथ महानगरीय पहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५ सय रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय पहरी वृत्त थानकोटले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ६ : २८ बजे