२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको कोञ्ज्योसोममा कोरोना नियन्त्रणको लागि सर्वदलीय समिती



सर्वदलीय समिती निर्माणका लागि बसेको बैठकमा सहभागीहरु ।

ललितपुर खबर
१ जेठ ०७८, ललितपुर । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि सर्वदलीय समिती बनाएको छ ।
गाँउपालिकामा विहीबार बसेको बैठकले गाँउपालिकाका अध्यक्ष गोपिलाल सिंतानको संयोजकत्वमा १२ सदस्यीय समिती निर्माण गरेको पालिका अध्यक्ष सिंतानले ललितपुर खबरलाई बताएका छन् ।
समितीमा एमाले प्रतिनिधि कृष्णमान लामा,नेपाली काँग्रेसका राजनप्रसाद घिमिरे,नेकपा केन्द्रका राजेन्द्र मोक्तान,राप्रपाका विक्रम लामा रहेका छन् ।
समितीको सदस्यहरुमा उपाध्यक्ष मिङ्मा लामा वडाध्यक्षहरु ध्रुवप्रसाद घिमिरे,तिलक बोम्जन,तीर्थबहादुर घलान,सन्तलाल लामा र सविन्द्र तामाङ छन् ।
समितीका सदस्य सचिवका रुपमा विकाश शर्मा रिजाल छन् ।
गाँउपालिकाका अध्यक्ष सिंतानले कोरोना माहामारीसँग लड्न सामुहिक प्रयास जरुरी रहेको देखेर आफूले सर्वदलीय सर्वपक्षिय संयन्त्र बनाएर कोरोना विरुद्ध लड्न लागेको बताए । उनले भने, ‘अब हामी गाँउपालिकामा कोरोना परिक्षण सुरु गर्छौं । अनि कोरोना संक्रमितहरको व्यवस्थित उपचार गर्नेर्छौं ।’
अध्यक्ष सिंतानले चौघरेस्थित पुरानो पालिका कार्यालयमा आइसोलेसन सेन्टर निर्माण गरेर कोरोना संक्रमितहरुको उपचार सुरु गरिसकेको बताए ।
कोञ्ज्योसोम गाँउपालिकामा अहिलेसम्म ७ जना संक्रमित फेला परेको सिंतानको भनाई छ ।

 

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ८ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।