१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चन्द्रागिरी नगरपालिका एक सातालाई सिल



१ जेठ ०७८, ललितपुर । काठमाडौं चन्द्रागिरी नगरपालिकाले एकसाताका लागि नगरपालिका क्षेत्र सिल गरेको छ।

आज जेठ १ गते देखि लागू हुने गरि ७ गतेसम्म बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म नगरपालिका भित्र कोही पनि सर्वसाधारणलाई हिड्डुल गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको हाे।

तिब्र रूपमा फैलिएको कोरोनाको दोस्रो लहरको रोकथाम र नियन्त्रणका लागि औषधि पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवाबाहेकका सबै सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफूल तथा तरकारी पसल, निर्माण सामाग्री लगायतका पसलहरू, नगरपालिका वडा कार्यलय, नगरबाट सञ्चालित योजनाहरु, सरकारी, गैरसरकारी, बैक तथा वित्तीय संसथ निजी सम्पूर्ण कार्यालयका सेवा पूर्ण रूपमा बन्द गरि नगरपालिकालाई नै सिल गरेको हो।

खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दुधको ढुवानीका साधनलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरि सञ्चालन गर्न दिईएको छ। त्यसैगरी पशुपंक्षीको दाना, कृषि प्रयोजनका बिउ, बिजन, कृषि उत्पादन, औषधी उद्योग लगायत फोहरमैला बोक्ने सवारी साधनहरुलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिईने नगरपालिकाले जनाएको छ।

यसैबीच नगरपालिका सिल भएपछि उपत्यका प्रवेश गर्ने नाका नागढुंगामा सुरक्षा जाँच कडा पारिएको छ। अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधन बाहेक अन्य कुनै पनि सवारीलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ।

नगरपालिकाले वैशाख २९ गते नै सार्वजनिक सूचना जारी गरेकाले सिमाबाट फर्काउनुपर्ने सवारीसाधन धेरै नभएको सुरक्षा जाँचमा खटिएका सुरक्षाकर्मीले बताएका छन्।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ३ : ३५ बजे