५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


११ देशका लागि राजदूत सिफारिस(सूचीसहित)




१ जेठ ०७८, काठमाडौं । सरकारले ११ देशका लागि राजदूत सिफारिस गरेको छ। अष्ट्रिया, इजिप्ट, श्रीलंका, दक्षिण कोरिया, अष्ट्रेलिया, रूस, बर्मा, बहराइन, ब्राजिल, डेनमार्क र साउदी अरेबियाका लागि परराष्ट्रले ११ जनालाई राजदूत नियुक्ति सिफारिस गरेको हो।
मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको राजदूतहरुको सूची संसद सचिवालयमा सुनुवाइका लागि पुगेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
राजदूत तथा स्थायी नियोगका प्रतिनिधि नियुक्तिसम्बन्धी निर्देशिका–२०७५ जारी गरेर ५० प्रतिशत परराष्ट्र सेवा र बाँकी राजनीतिक कोटामा नियुक्ति गर्ने नियम तय गरेपनि यो पटक परराष्ट्र सेवाबाट जम्मा दुई जनामात्रै सिफारिसमा परेका छन्‌।

निर्मलराज काफ्ले- अष्ट्रिया

जीवनप्रकाश श्रेष्ठ- इजिप्ट

रमेशचन्द्र पौडेल- श्रीलंका

कृष्णचन्द्र शर्मा- दक्षिण कोरिया

सुम्निमा तुलाधर- अष्ट्रेलिया

जंगबहादुर चौहान- रुस

नारायणप्रसाद संग्रौला- म्यानमार

युवराज कार्की- बहराइन

कुलप्रसाद नेपाल- ब्राजिल

सुमित्रा सुवेदी- डेनमार्क

मेराज मुसलमान- साउदी अरेबिया

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार  ६ : ४४ बजे