१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको प्युटरमा बन्यो आइसोलेशन




ललितपुर खबर
२ जेठ ०७८, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकाको प्युटारमा नवनिर्मित थाङ्सिङटार अस्पतालमा २० शैयाको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ ।
शनिबारबाट २० बेडको अक्सिजनसहितको आइसोलेशन सेन्टर पालिकाले सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चन ललितपुर खबरलाई जानकारी दिएका छन् ।
उनका अनुसार यस आइसोलेशन सेन्टरमा एक जना डाक्टर, दुई जना नर्स र एक जना हेल्थ असिष्टेण्ड खटिएका छन् ।
गाँउपालिकामा कोरोना संक्रमित बोक्नको लागि एउटा एम्बुलेन्स सञ्चालनमा रहेको पालिका श्रोतले जानकारी दिएको छ । पछिल्लो समय यस गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको आशंकामा गाँउपालिकाले छिट्टै परिक्षण सुरु गर्ने गाँउपालिकाका अध्यक्ष विरबहादुर लोप्चनले बताए ।
वागमती प्रदेश सरकारको लगानीमा हालै निर्माण गरिएको यस अस्पताल सञ्चालनमा आइसकेको छैन । कोरोना माहामारी आएसँगै आपतकालीन अवस्थामा यसलाई आइसोलेशन सेन्टर सञ्चालन गरिएको बताइएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ६ : १३ बजे