१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


निषेधाज्ञाको समयमै राजधानीमा दुर्घटना, एक युवकको मृत्यु




१ जेठ ०७८, काठमाडौं । निषेधाज्ञाको समयमा राजधानीमा एक टिपरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौंमा गोकर्णेश्वर नगरपालिका ४ गोकर्णेश्वर मन्दिर नजिक सडकमा बा.३ ख ४७७९ नम्बरको टिपरले बागमती प्रदेश ०२–०२० प ४५३० नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिंदा मोटरसाइकल चालक गोकर्णेश्वर नगरपालिका २ नयाँपाटी घर भएका ४० वर्षीय नरेन्द्र बिक्रम घिसिङको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ८ : १३ बजे