१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकासहितका यि जिल्लामा आजदेखि चिनियाँ खोपको दोस्रो डोज लगाइँदै



२ जेठ ०७८, काठमाडौं ।  काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा आजदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदै छ।

स्वास्थ्य सेवा विभागका अनुसार गत चैत २५ देखि वैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई आजदेखि ११ गतेसम्म दोस्रो मात्राको खोप लगाइँदै छ। पहिलो मात्रा लिएकाहरुले आफूलाई पायक पर्ने ठाउँमा गएर दोस्रो मात्रा लिनसक्ने विभागले जनाएको छ। अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच काठमाडौं महानगरले एक वडा एक खोप केन्द्र तोकिसकेको छ। खोप केन्द्रमा कम्तीमा दुईजना खोपकर्ता र एकजना खोपकर्ता बराबर ३ जना स्वयंसेवक परिचालन हुनेछन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयअनुसार गत चैत २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो। यसमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिक छन्।

दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ। जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई जेठ २ गते दोस्रो खोप दिइनेछ। यसैगरी चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, २०७७ चैत ३१ र २०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ।

वैशाख ३ र ४ गते पहिलो खोप लगाएकालाई जेठ ५ गते, वैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई जेठ ६ गते, वैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई जेठ ७ गते, वैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई जेठ ८ गते भेरोसेलको दोस्रो मात्रा खोप दिइनेछ।

वैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ। यी दिनहरुमा पहिलो खोप लगाउनेको संख्या धेरै थियो।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  १० : ४३ बजे