५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि



२ जेठ ०७८, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ५ सय ३९ पीसीआर परीक्षणबाट ७ हजार ३ सय १६ र ३४४ एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गत २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ४ : ५३ बजे