१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोरियामैत्री अस्पताललाई काठमाडौं महानगरद्वारा भेन्टिलेटर सहयोग




३ जेठ ०७८, काठमाडौं । काठमाडौं महानगरपालिकाले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगर–अस्पताललाई तीन थान भेन्टिलेटर हस्तान्तरण गरेको छ ।
हानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गीसहितको टोली यो अस्पताल पुगेर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई सामान हस्तान्तरण गरेका हुन् ।
कोरोनाका विरामीको ज्यान जोगाउन अस्पतालमा रहेको आइसियुमा जडान गर्नका लागि करिब रु. ७० लाख बराबरको भेन्टिलेटर महानगरले हस्तान्तरण गरेको हो । महानगरपालिकाले काठमाडौंको सबैजसो सरकारी र सामुदायिक अस्पतालको क्षमता र स्तरवृद्धिका लागि भेन्टिलेटरलगायत स्वास्थ्य सामाग्री उपलब्ध गराउने नीतिगत निर्णय गरेको छ ।
“विगतमा नगर–नगर साझेदारीअन्तर्गत सम्पदा र पर्यावरण बचाउन सहयोग गर्दै आएकोमा अहिले कोरोनाको अदृश्य शक्तिसँग जुध्नका लागि स्वास्थ्य क्षेत्रमा पनि सहकार्य गर्नुपर्छ भनेर यो अस्पताललाई भेन्टिलेर हस्तान्तरण गरेको हौँ,” प्रमुख शाक्यलले भने, “नयाँ अस्पताल विस्तार भन्दा पनि सञ्चालनमा रहेका अस्पतालको गुणस्तरीय सेवा विस्तारमा सहयोग पुर्याउन सके बिरामी र चिकित्सकलाई आम्माविश्वास बढ्छ भन्ने हाम्रो मान्यता छ ।”
काठमाडौं उपत्यकाका अस्पतालले यहाँका बिरामी मात्रै नभई ७७ जिल्ला कै विरामीलाई सेवा दिइरहेकाले आवश्यक पर्दा अन्य अस्पतालसँग पनि सहकार्य एवं सहयोग गरेर अस्पतालमा आएका विरामीलाई उपचार गरेर पठाउइने उनले बताए ।
“सरकारको मात्रै नभइए जनताबाट भएको लापर्वाहीका कारण अहिले नसोचको परिणाम आएको हो, यसरी सङ्क्रमण बढ्ला, अक्सिजनको अभाव होला भन्ने कल्पना गरेका थिएनौ,” नगरप्रमुख शाक्यले भने, “सङ्घीय सरकारले आफ्ना तर्फबाट काम गरिहेको छ तर जनताका लागि नजिकको सुनिने र देखिने स्थानीय सरकार नै हो, त्यसैले स्थानीय सरकारबीच सहकार्य गर्न उपत्यका नगरपालिका फोरम एक ढिक्क छौँ, आवश्यक पर्दा एकले अर्कोलाई सहयोग गर्छौ ।”
अस्पतालको आइसियुमा रहेका अधिकांश सङ्क्रमितलाई भेन्टिलेटरको आवश्यकता परेको बताउदै उनले नौ शय्याको आइसियुमा सात वटा भेन्टिलेटर रहेकोमा अब १० वटा भेन्टिलेटर सञ्चालन गरिने बताए । अस्पतालमा दुईवटा प्रोटेबल भेन्टिलेटर रहेको र त्यो समेत १२ वटा भेन्टिलेटरले अब जटिल विरामीलाई पनि निको पारेर फर्काउन सकिने विश्वास बढेको बताए ।
मध्यपुरथिमिमा कोरोना सङ्क्रमित र मृत्यु बढ्दै गएको भन्दै उनले रोकथामका लागि नगरपालिकाले प्रयास गरिरहेको बताए । अक्सिजनको अभावले शय्या विस्तार गरेर पनि सेवा विस्तार गर्न नसकको भन्दै नगरप्रमुख श्रेष्ठले अक्सिजन प्लान्ट जडान गरेपछि आइसियु र हाइकेयर युनिटमा अक्सिजन प्रवाह गर्न सहज भएको बताउनुभयो । त्यसैगरी नगरपालिकाले आज एक आइसोलेसन शय्या राखेको छ । वयोधा मेडिकल टेक्नोलोजीले यस अस्पतालका लागि रु. १० लाख पर्ने एक वटा आइसोलेसन शय्या सहयोग गरेको हो ।
बयोधा मेडिकल टेक्नोलोजी प्रालिका अध्यक्ष दीपक खनालले कोरोना लगायत कुनै पनि सरुवा रोगको भाइरस नजिकै रहेको अर्को शय्या र स्वास्थ्यकर्मीलाई पनि नसर्ने दाबी गरे ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ५ : २१ बजे