१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नगरमा २ हजार ५० जनालाई कोरोना संक्रमण, २५ को मृत्यु



चापागाँउ बजार । फाइल तस्विर : ललितपुर खबर

३ जेठ ०७८, चापागाँउ । गोदावरी नगरपालिकामा अहिलेसम्म २ हजार ५० जनालाई कोरोना संक्रमण भएको छ भने २५ जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिकाका अनुसार नगरभित्र १ हजार १६८ जना पुरुष र ८८२ जना माहिलामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
नगरपालिकाका अनुसार नगरको वडा नं. ५ लेलेमा सबैभन्दा धेरै ५ जनाको मृत्यु भएको छ भने अहिलेसम्म टिकाभैरव लेले(६),देविचौर(७),ढुकुछाप(८),चापागाँउ(१०) र झरुवाराशी(१३)मा कोरोना संक्रमणपछि सबै निको भएका छन् ।


धेरै कोरोना संक्रमित हुने चापागाँउ(१०) बसपार्क रहेको क्षेत्र रहेको छ । भने कम संक्रमित देविचौर(७)मा छन् ।
गोदावरी नगरभित्र ठेगाना पत्ता नगालेका १० जनालाई कोरोना संक्रमण भइसकेको छ भने १ जनाको मृत्यु भएको छ । नगरभित्र १ हजार ३ सय ९२ जना कोरोनामाथि विजय प्राप्त गरेका छन् भने नगरभित्र अझै ६३३ जना कोरोना संक्रमित छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ७ : ५३ बजे