१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको महालक्ष्मी र गोदावरीमा जेठ ६ गतेबाट कोरोनाविरुद्धको खोप




ललितपुर खबर
३ जेठ ०७८, ललितपुर । ललितपुरको गोदावरी र महालक्ष्मी नगरमा जेठ ६ गतेबाट चीन सरकारले अनुदानमा दिएको कोरोना खोप भेरोसिल लगाइने भएको छ । नगरपालिकाहरुले सार्वजनिक सूचना प्रकाशन गरेपछि यो खोप लगाउने टुंगो लागेको हो ।
चीनिया खोप भेरोसिल पहिले लगाइसकेकाहरुले मात्रै दोश्रो मात्राको रुपमा लगाउन पाउछन् ।
गत चैत्र २५ गतेदेखि वैशाख १५ गतेसम्म खोप लगाउनेहरुले दोश्रो खोप जेठ १३ गतेसम्म लगाउन पाउनेछन् । खोप लगाउनेहरुले छुट्टा छुट्टै दिन निश्चित पालोमा मात्र खोप लगाउन पाउछन् ।
गोदावरी नगरपालिकाले टिकाभैरवस्थित आनन्दवन अस्पताल, बज्रवाराहीको बज्रवाराही चापागाँउ अस्पताल र बाँडेगाँउको बाँडेगाँउ प्राथमिक स्वास्थ्य केन्द्रमा यो खोप लगाउने व्यवस्था गरेको छ ।
महालक्ष्मी नगरले भने विभिन्न स्वास्थ्य र वडा कार्यालयमा १५ ठाँउमा क्याम्प राखेर खोप दिने भएको छ ।
खोप लगाउनका लागि नगरपालिकाहरुले पहिले लगाएको खोप कार्ड र परिचय खुल्ने कागजात ल्याउन भनेको छ । खोप लगाउनेहरुले सामाजिक दुरी पालना गर्नु पर्ने मास्क लगाउनु पर्ने र खोप लगाईसकेपछि आधा घण्टासम्म खोप केन्द्रमा आराम गर्नु पर्ने नियम लगाइएको छ ।
कोरोना संक्रमणको शंका भएकमाहरुले खोप लगाउन पाउने छैनन् ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ९ : १९ बजे