१२ कार्तिक २०८१, सोमबार | Tue Oct 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बज्रबाराहीको बाराही जात्रा प्रभावित हुने



मकवानपुर टिष्टुङको कुञ्छाल गाँउ । लेन्स : गणेश विष्ट

३ जेठ ०७८,टिष्टुङ । मकवानपुरको थाहा नगरपालिको बज्रवाराहीमा प्रत्येक तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा कारोना महामारीका कारण यस वर्ष पनि प्रभावित हुने भएको छ । अघिल्लो जात्रा सकिएको तीन वर्ष पुगेपछि गत वर्ष नै बाराही जात्रा हुनुपर्ने भए पनि कोरोना महामारीको कारण रोकिएको थियो ।
नगरमा कोरोना सङ्क्रमण बढिरहेको र जात्रा चलाउँदा थप जोखिम हुने भएकोले यस वर्ष पनि जात्रा रोक्न आग्रह गरिएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताएका छन् । तिथिअनुसार बाराही जात्रा यही जेठ १५ गतेदेखि १७ गतेसम्म पर्दछ ।
सामान्य अवस्थामा बाराही जात्रामा स्थानीय क्षेत्रसहित छिमेकी जिल्लाबाट समेत हजारौँको सङ्ख्यामा भक्तालुहरु सहभागी हुने गर्दछन् । स्थानीय नेवार समुदायले नियमित पूजा लैजाने गर्दछन् भने भाकलअनुसार हजारभन्दा बढी व्यक्तिले बलि दिने गर्दछन् । यो जात्रा नगरपालिकाको बज्रबाराही माईको थानमा लाग्ने गर्दछ ।
नगरपालिकाले जात्रा स्थगन गर्न आग्रह गरे पनि जात्राका धामीझाँक्री र पुजारीहरुले भने कुनै पनि हालतमा जात्रा गर्नैपर्ने अडान राखेका छन् । जात्रामा बलि दिन भक्तालुहरुले भाकल गरी पशुपक्षी पालिरहेको चार वर्ष भइसकेकाले पनि जोखिम न्यूनीकरणका उपाय अपनाएर जात्रा गर्नुपर्ने उनीहरुको अडान छ । जात्रामा बाराही माईलाई बलि दिन पालेको राँगा गत वर्ष जात्रा नभएपछि वडा कार्यालय तथा स्थानीय गुठियारहरुबाट दानापानीको व्यवस्था गरी पालिँदै आएको छ ।
धर्म–संस्कृति र परम्पराअनुसार जात्रा सञ्चालन गर्नैपर्ने भए विधि मात्र पु¥याएर व्यवस्थापन गर्ने गरी प्रस्ताव गर्न नगर प्रमुख विष्टले सम्बद्ध समुदायलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ११ : ४८ बजे