४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


सेरम इन्स्टिच्युटले तत्काल खोप निर्यात नगर्ने



५ जेठ ०७८, काठमाडौं । कोभिशिल्ड खोपको उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युटले यो वर्षको अन्त्यमा मात्रै खोप निर्यात गर्ने सक्ने जनाएको छ ।

कम्पनीले विज्ञप्ति निकालेर भारतका नागरिकलाई जोखिममा राखेर अरु देशमा खोप निर्यात नगरेको र आउने समयमा पनि भारतलाई नै प्राथमिकतामा राख्ने बताएको छ । कम्पनीले निकालेको विज्ञप्तिमा सन् २०२१ को अन्त्यतिर मात्रै खोप निर्यात गर्न सक्ने उल्लेख छ । अहिले भारत सरकारले पनि खोप निर्यातमा रोक लगाएको छ ।

नेपालले सेरमसँग २० लाख डोज खोप खरिद सम्झौता गरेकोमा १० लाख डोज मात्रै ल्याएको छ । बाँकी १० लाख डोज खोप आउन ढिलाइ भएमा ज्येष्ठ नागरिकले दोश्रो मात्रा खोप नपाउने चिन्ता बढेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  २ : २० बजे