४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटन अस्पताल वरिपरि बसेर अक्सिजनकाे कालोबजारीको आरोप, तीन जना पक्राउ



५ जेठ ०७८, ललितपुर । ललितपुरबाट अक्सिजन सिलिण्डर कालो बजारी गरेको आरोपमा तीन जना  पक्राउ परेका छन्।

मंगलबार राति पाटन अस्पताल वरिपरबाट तीन जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरकी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले जानकारी दिइन्।

अक्सिजन सिलिण्डर कालोबजारी गरिरहेको भन्ने विशेष सूचना आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूले एउटा अक्सिजन सिलिण्डरको ४१ हजारसम्म लिने गरेको पाइएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेहरूबाट अहिले एउटा अक्सिजन सिलिण्डर बरामद भएको छ।  पक्राउ पर्नेमा धादिङ गल्छी गाउँपालिकाका ४२ वर्षीय रामशरण घिमिरे, हेटौडा उपमहानगरपालिकाका ४२ वर्षीय नवराज खनाल र नुवाकोट विदुर नगरपालिकाका ३९ वर्षीय रामकृष्ण घिमिरे छन्।

उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय ललितपुरमा म्याद थप गर्न लगिएको छ।

 

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ४ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।