२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रातो मच्छिन्द्रनाथलाई बुङ्मती लगियाे



५ जेठ ०७८, ललितपुर । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङ्मती लगिएको छ । मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणायन लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलनानुसार यस वर्ष कोरोनाका कारण छिट्टै बुङ्मती लगिएको हो ।

बैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो थियो भने जेष्ठ १ गते सांकेतिक रुपमा रातो मच्छिन्द्रनाथ तानिएको थियो ।

उपत्यकाकै सवैभन्दा लामो मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा भने लगाएत दुई बर्ष कोरोनाका कारण प्रभावित हुँदै आएको छ ।

कोरोना संक्रमणकै कारण रातो मच्छिन्द्रनाथ छिट्टै बुङ्मती लगिएको गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख खिमा वलीले बताउनुभयो । उहाले सदियौँ वर्षदेखि चलाउँदै आएको परम्पराअनुसार टोलटोलमा लगी रथयात्रा गर्न नपाएपछि पटक–पटक क्षमापूजा गराएको जानकारी दिनुभयो ।

गत मङ्सिरमा मच्छिन्द्रनाथलाई बुङ्मतीबाट पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो । लिच्छिवी राजा नरेन्द्रदेवका पालामा भारतको कारुप कामाख्या गइ रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ४ : २८ बजे