२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रातो मच्छिन्द्रनाथको रथ भत्काउन शुरु



फाइल तस्बिर

७ जेठ ०७८, ललितपुर । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ भत्काउने काम थालिएको छ ।

बुधबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुङ्गमती लगिएपछि हिजोबाट रथ भत्काउने काम थालिएको रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले बताए ।

विगतका वर्षहरुमा जावलाखेलमा भोटो देखाएर खटमा राखेर मूर्तिलाई बुङ्गमती लगेपछि जावलाखेलमा रथ भत्काउने गरिन्थ्यो । तर यसपालि पनि गएको वर्षमाझैँ कोरोना भाइरसको सङ्क्रमण जोखिमका कारण रथजात्रा छोट्याएसँगै  पुल्चोकमा रथ भत्काउने काम थालिएको हो ।

रथ निमार्णका लागि तिथिको आधार लिएर बनाउनु पर्ने समयसीमा भए पनि रथ भत्काउन त्यस्तो समयसीमा नभएको बाराहीले बताउनुभयो । बाराही समुदायले रथमा राखिएको सुनको फूल र नाग निकालेपछि मात्र रथको विभिन्न भागबाट काठ निकाल्ने काम हुन्छ ।

यसरी रथ भत्काएर आएको धमा भनिने लामो काठ पुल्चोकमा रहेको धमापाटीमा राखिन्छ भने चार विशाल पाङ्ग्रा जावलाखेलमा रहेको पाटीमा राखिन्छ । जुन अर्को वर्ष रथ बनाउन प्रयोग गरिन्छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ९ : ४६ बजे