२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सिन्धुपाल्चोकको चौतारा अस्पतालमा पनि अक्सिजन प्लान्ट




७ जेठ ०७८,चौतारा । सभामुख अग्निप्रसाद सापकोटाका पहलमा जिल्ला अस्पताल चौतारामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ ।
कोरोनाको दोस्रो लहरका कारण जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि अस्पतालको मागअनुसार स्वास्थ्य तथा जनसङ्ख्या र अर्थ मन्त्रालयसँगका समन्वयमा सभामुखले अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल गरेका हुन् । दुवै मन्त्रालयमा पत्राचार एवं समन्वय गरी प्लान्ट स्थापनाको काम अघि बढेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
जिल्ला अस्पताल र अरु स्वास्थ्य संस्थामा अक्सिजनको चरम अभावपछि अस्पतालले तत्काल अक्सिजन प्लान्टको स्थापनाको आवश्यकता भएकाले स्वास्थ्य सेवा विभागसँग माग गर्दै पत्राचार गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले तत्काल दुई हजार एन्टिजेन किट र बिरामीका लागि अक्सिजन उपलब्ध गराउन माग गरेको थियो । अबको केही सातामै अक्सिजन प्लान्ट स्थापना गर्ने कार्यले मूर्त रुप लिने सभामुखको सचिवालयले जिकिर गरेको छ ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ३ : ४८ बजे