५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


कोरोना लागे के गर्ने ?



 

ललितपुर खबर
७ जेठ ०७८, ललितपुर । आजकल टाल समाज जहाँ त्यही कोरोना स.क्रमितहरु फेला पर्न थालेका छन् । जो कोहीलाई कोरोना संक्रमणको त्रास छ । यो स्वभाविक पनि हो ।
धेरै मानिस मास्क र स्यानिटाइजर लगाउदा लगाउदै स्वास्थ्यको ख्याल गरिरहेको अवस्थामा पनि अचानक कोरोना संक्रमित हुन जान्छन् ।
जव मान्छे कोरोना संक्रमित हुन्छ अनि के गर्ने होला अव भन्ने अन्योलमा पर्छ । तर नडराउनुस् ।


कोरोना भाइरसको संक्रमण ८० प्रतिशत मानिसमा सामान्य किसिमको संक्रमण हुने गरेको देखिएको छ । २० प्रतिशत संक्रमितको स्वास्थ्य अवस्था मात्रै गम्भिर हुने गरेको छ ।
सल्लाह लिनुस्
कोरोना संक्रमण पुष्टि भएपछि सबैभन्दा पहिले डाक्टरसँग सल्लाह लिनु राम्रो हुन्छ । तपाईको डाक्टरसँग सल्लाह लिनका लागि के गर्ने भन्ने अन्यौल छ भने आफ्नो नजिकको स्थानीय निकायका जनप्रतिनिधिसँग सम्पर्क गर्न सक्नु हुनेछ । उनीहरुको सहयोग तपाईका लागि उपयोगी हुन सक्छ ।

सिधै अस्पताल गएर डाँकटरसँग सल्लाह लिन उपयोगी नहुन सक्छ । धेरै अस्पतालमा डाक्टरहरु व्यस्त रहने हुँदा त्यो व्यावहारिक पनि नहोला ।
चिन्ता नलिनुस् । स्थानीय निकायसँगको समन्वय उपयोगी नहुने अवस्थामा नेपाल स्वास्थ्य मन्त्रालयले डाक्डरसँग सम्पर्क गरेर सल्लाह लिनका लागि नम्बरहरु समेत सार्वजनिक गरेका छ । १११५ र ११३३ मा विहान ६ बजेदेखि बेलुकी १० बजेसम्म सम्पर्क गरेर डाक्टरसँग सल्लाह लिन सकिने अवस्था छ । विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सम्पर्क गरेर ९८५१२ ५५८३४, ९८५१२५५८३७, ९८५१२५५८३९ मा डाक्टरसँग सल्लाह लिन समेत सकिन्छ ।
आइसोलेशनमा बस्ने

पाटनमा एक विरामी परिषणको क्रममा डाक्टर ।

तपाईलाई कोरोना संक्रमण देखिएको छ तर लक्षण छैन भने आत्तिएर अस्पताल गइहाल्नु पर्दैन । स्वास्थ्य अवस्था नराम्रो भयो भने मात्रै अस्पताल जाने हो ।
पहिलो विकल्प होम आइसोलेसन हो । तपाईले खाने अलगै भाडाकुडा, बस्ने कोठा,ट्वाइलेट र अन्य सामाग्री परिवारभन्ला अलग गरेर बस्नुस् । अरु परिवारका सदस्यसँग नजिक पर्ने छुने गर्नु हुदैन । घरमा उपयुक्त वातावरण छैन भने स्थानीय निकायहरुले बनाएको आइसोलेसन सेन्टरहरुमा सम्पर्क गरेर त्याहा गएर बस्ता राम्रो हुन्छ ।
तातो पानी, जिरा अदुवा बेसार लगायत मिसिएको पानी,आर्युवेदिक औषधि, उपभोगी हुन्छ । चिसो खानेकुराले घाँटी र छाता खराव हुन सघाउने हुँदा यस्ता कुराबाट बच्नुस् ।

बेला बेलामा आफेनो शरिरमा अक्सिजनको मात्रा जाँचु जरुरी हुन्छ । अक्सिजन ९५बाट घट्दै आएर ९२ सम्म आइपुगेको छ भने डाक्टरसँग सल्लाह गरेर अस्पताल गइहाल्नुस् ।


अक्सिजन लिन डाक्टरले जाँच गरेको कागज जरुरी हुन्छ । विरामी हुनासाथ डाक्टरसँ सल्लाह गरेर अक्सिजनको जोहो गरिहाल्दा राम्रो हुन्छ ।
कोरोना लाक्ष्ग्ने वित्तिकै धेरै चिन्ता नलिनुस् । यो निको हुने रोग हो । धेरैले कोरोनासँग लडेर विजय प्राप्त गरेका छन् ।
सकारात्मक सोच्नुस् । एकान्तमा बस्नु पर्ने हुँदा मन खिन्न हुन सक्छ । यो बेलाका लागि सकारात्मक सन्देश दिने पुस्तकहरु औषधि हुन सक्छ । सकारात्मक उर्जा दिने चलचित्रहरु हेर्नु उपयोगी छ । तर समाचार माध्यम र सामाजिक सञ्जाल भने भुलेर पनि नहेर्नु राम्रो हुन्छ ।
स्वास्थ्य क्षेत्रका विख्यात वैज्ञानिकहरुले एक सय वर्षअघि आएको सार्स जस्ता महामारीको अध्ययनपछि संसारमा अन्य चरणहरु पार गरेपछि मात्रै यो भाइरस कमजोर हुने आकलन गरेका छन् । उनीहरुको अनुमान अनुसार जीवन कालमा सबैलाई कोरोना संक्रमण हुने अनि मानव जातीको शरिरले पचाउन सक्ने भएपछि यो भाइरस आफै कमजोर भएर हराउने बताएका छन् ।
विश्व स्वास्थ्य संघठनले नेपाललाई पहिले नै कोरोना भाइरसबाट बच्न स्वास्थ्य मापदण्ड पुरा गराउन र लकडाउनजस्ता स्वास्थ्य सर्तकताको लागि चेतावनी दिदै आएको थियो । जुन त्यो अनुकान मिल्दै पनि गएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १० : ४३ बजे