७ जेठ ०७८, काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी छिन् । राष्ट्रपति भण्डारीले संसद विघटनसँगै आउन्दो कार्तिक २६ गते र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचनको मिती घोषणा गरेकी छिन ।
शुक्रबार मध्यराती राष्ट्रपतिले प्रतिपक्ष गठबन्द्धन र प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको दावी खारेज गरेपछि मध्यराती नै बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया