९ जेठ ०७८, गोकर्णेश्वर । काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ माईती नेपाल चोक डेरा गरी बस्ने एक महिलाको कुटपिटबाट मृत्यु भएको छ । सोलुखुम्बु सोताङ गाउँपालिका-४ घर भएकी ५२ वर्षीया डोमा शेर्पाको शनिबार राति कुटपिटबाट मृत्यु भएको हाे । डोमा र उनका पति ६३ वर्षीय क्षेत्र शेर्पाबीच वादविवाद हुँदा क्षेत्रले कुटपिट गर्दा डोमा घाइते भएको भन्ने खबर प्राउनसाथ महानगरीय प्रहरी प्रभाग गोकर्णबाट प्रहरी खटिएको थियो ।
प्रहरीले घाइतेलाई उपचारको लागि नारायणटारस्थित शखंरापुर अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बौद्धबाट समेत खटिएको प्रहरीले अभियुक्त क्षेत्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
कीर्तिपुरमा काठको चिरपटले प्रहार गर्दा मृत्यु
मादक पदार्थ सेवन गरी भएको झगडामा कुटपिट हुँदा कीर्तिपुर नगरपालिका-६ छाप बस्ने ४० वर्षीय मान बहादुर घिसिङको शनिबार राति मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी घिसिङ र सोही ठाउँ बस्ने मकवानपुर बकाया गाउँपालिका-१ घर भएका २५ वर्षीय बगत बहादुर बल बगतबीच झगडा हुँदा बगतले काठको चिरपटले प्रहार गर्दा घिसिङ र उनकै श्रीमती २७ वर्षीया माया घिसिङ घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि कीर्तिपुर मोडेल अस्पतालतर्फ लैजाने क्रममा घिसिङको बाटोमै मृत्यु भएको हो । घाइते मायाको सोही अस्पतालमा उपचार भइरहेको छ । झगडामा संलग्न बगत समेत ५ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
माटोको ढिस्कोले पुरिँएर मृत्यु
काठमाडौं, ९ जेठ कागेश्वरी मनोहरा नगरपालिका-४ नयाँ पाटी ब्रमाखेलस्थित बिराज वासिङमा काम गर्ने सिन्धुपालचोक घर भएका ४० वर्षीय भिम लामाको माटोको ढिस्कोले पुरिएर शनिबार राति मृत्यु भएको छ । काम गर्ने क्रममा माटोको ढिस्कोले पुरी गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणटारस्थित शखंरापुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया