९ जेठ ०७८, सिन्धुली । सिन्धुलीकाे सुनकोशी गाउँपालिका-१ गजुलीदह बस्ने नारायण कोईरालाको कच्ची घरमा शनिबार राति आगलागी भएकाे छ ।
आगलागीबाट घर, अन्नपात, लत्ताकपडा र काठपात लगायत सामान जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन ।
यसैबीच संखुवासभा, पाँचखपन नगरपालिका-५ अर्चले सेराबेशी बस्ने पूर्ण बहादुर सारु मगरको कच्ची घरमा शनिबार आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाडावर्तन, सुन, चाँदी र नगद ७० हजार रुपैयाँ समेत जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएका थिए ।
प्रतिक्रिया