१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा तीन दिनमै २८ हजारभन्दा धेरैले लगाए कोरोना खोप




ललितपुर खबर
६ जेठ ०७८, ललितपुर । ललितपुरमा दुई दिनभित्र २८ हजार ३३४ जनाले चीन सरकारद्वारा प्राप्त भएको कोरोना भेरोसेल दोश्रो खोप दिइएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार विहीबार, शुक्रबार र ललितपुरका ३ वटै नगरपालिकाका विभिन्न खोप केन्द्रहरुको तथ्याङ्क संकलनपछि यो संख्यामा कोरोनाको खोप लगाएको पाइएको हो ।
विहीबार मात्र ८ हजार ३६ जनाले खोप लगाएका थिए । शुक्रबार ९ हजार७४६ सय जनाले लगाएका थिए भने आइतबार १० हजार ५५३ जनाले यो खोप लगाएका हुन् ।
कार्यालयका अनुसार अहिलेसम्म ललितपुर महानगरका नागरिकहरुले , गोदावरी नगरमा र महालक्ष्मी नगरमा जनाले कोरोना खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालयले विहीबारबाट कोरोना खोपको दोश्रो मात्रा ललितपुरका तीनै वटा नगरपालिकामा सञ्चालन गरेको थियो ।
आजसम्म ललितपुर महानगरमा १६ हजार ३०४ जना, गोदावरीमा ४ हजार ६२७ जना र महालक्ष्मी नगरमा ७ हजार ४१३ जनाले यो खोपको दोश्रो मात्रा लगाइसकेका छन् ।
गोदावरी नगरपालिकाले आनन्दवन अस्पताल, बज्रवाराही चापागाँउ अस्पताल र बाँडेगाँउ प्राथमिक स्पास्थ्य केन्द्रमा खोप दिने व्यवस्था मिलाएको थियो । महालक्ष्मी नगरपालिकाले विभिन्न १५ ठाँउमा खोप केन्द्र तोकेको थियो भने महानगरले विभिन्न २९ वटा केन्द्र तोकेर खोप लगाउने व्यवस्था गरेको थियो ।
दक्षिण ललितपुरका महाकाल, वागमती र कोञ्ज्योसोम गाँउपालिकामा स्थानीय बासिन्दालाई भने कोरोना खोप लगाउने व्यवस्था अहिलेसम्म गरिएको छैन ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ११ : ०२ बजे