१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरबाट कोरोना जनसहयोग सुरु




ललितपुर खबर
११ जेठ ०७८, टौखेल । ललितपुरबाट कोरोना महामारी विरुद्ध जनचेतना जनसहयोग तथा हातेमालो अभियान सुरु गरिएको छ । ललितपुरको टौखेलस्थित ढुंगेधारा बस्तीमा आयोजित कार्यक्रमबाट यो अभियान सुरु भएको हो ।
नेपाल स्वास्थ्य व्यावसायी संघसँगको सहकार्यमा नेपाल कम्युनिष्ट पाटीका अभियान्ताहरु र जिरे खुर्सानी कृषि सहकारी संस्थाको सहकार्यमा अभियान सुरु भएको नेपाल कम्युनिष्ट पार्टीका नेता भिमसेन घिमिरेले बताए ।
अभियानको क्रममा मास्क,सेनिटाइजर ल्लोव्स, निर्मलीकरणको लागि प्रयोग हुने औषधि र स्प्रेलगायत स्थानीय ५० घर घुरीलाई वितरण गरिएको थियो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपाका जिल्ला नेताहरु भिमसेन घिमिरे,विकाश महर्जन, सुरेश लामा,नेपाल स्वास्थ्य व्यावसायी संघका अध्यक्ष नवराज बस्नेत, जिरे खुसाँनी कृषि सहकारीका अध्यक्ष सरस्वती बञ्जारा,सौरव बञ्जारालगायतको सहभागिता थियो ।
कार्यक्रममा नेता विपिनले कोरोना माहामारीमा आगत भएका जनतालाई सहयोग गर्ने उद्देश्यले अभियान सुरु गरिएको जानकारी दिए । भने, ‘यो विषम परिस्थितीमा सरकार र विपक्षी दल कुर्सीको खेलमा छन् । सरकार कोरोना नियन्त्रण गर्न पूर्ण असफल छ ।’

 

 

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ७ : ०९ बजे