१ माघ २०८१, मंगलबार | Tue Jan 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका खोप लगाउन छुटेकालाई बुधबारदेखि लगाइने



११ जेठ ०७८, ललितपुर । कोरोना विरुद्धको कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई भोलीदेखी लगाइने भएको छ ।बागमती प्रदेशमा भोलीदेखी छुटेकालाई खोप लगाइने भएको हो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय ललितपुरले आज सूचना जारी गर्दै पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका फ्रन्टलाइनर खटिनेहरुलाई बुधबारदेखि खोप लगाउने जनाएको हो ।

बुधबार सुरक्षाकर्मीलाई मात्र खोप लगाइनेछ भने जेठ १३ र १४ गते स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सरसफाइकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारी लगायतलाई दोस्रो मात्रा खोप लगाइनेछ ।

२०७७ फागुन २३ गतेभन्दा अगाडि पहिलो प्राथमिकतामा परी दोस्रो मात्रा लिन छुट भएकालाई खोप लगाउन लागिएको बताइएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७८, मंगलबार  ८ : ४६ बजे