२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बज्रवाराही चापागाँउसहित ७ अस्पतालमा अक्सिजन प्लाण्ट राख्ने तयारी



फाइल तस्विर

ललितपुर खबर
१२ जेठ ०७८, ललितपुर । वाग्मती प्रदेश सरकारले बज्रवाराही चापागाँउ अस्पताल सहित प्रदेशभरका विभिन्न ७ अस्पतालमा अक्सिजन प्लाण्ट राख्ने भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार केही दिनअघि टेण्डर प्रकृया सुरु भएसँगै अक्सिजन प्लाण्ट राख्ने निश्चित भएको बताए ।
प्रदेशअन्तर्गतका रामेछाप अन्य ट ठाँउका धादिङ जिल्ला अस्पताल, काठमाडौँको टोखा अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि काम अघि बढाएको हो ।
सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडाले बोलपत्र आह्वान गर्दै रु आठ करोड ५० लाख लागतमा सात अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गरेका छ । प्रत्येक अस्पतालमा एक दिनमा १५० सिलिण्डरका दरले अक्सिजन उत्पादन गर्ने गरी प्लान्ट जडान गर्न लागिएको हो ।

करीब डेढ महिनाको अवधिमा प्लान्ट जडान गर्ने लक्ष्य राखिएको छ । प्रदेश मातहतका विभिन्न जिल्लाका १३ मध्ये छ अस्पतालमा यसअघि नै अक्सिजन प्लान्ट जडान भइसकेका छन् । मन्त्रालयले यसअघि १३ वटै जिल्लाका लागि ‘एक÷एक जिल्ला एक पिसिआर मेशिन’ को निर्णय गरेको थियो ।

निषेधाज्ञा थप

कोभिड–१९ सङ्क्रमण थप फैलिन नदिन मकवानपुरमा यही जेठ १३ गतेसम्म कायम रहेको निषेधाज्ञाको समय अवधिलाई एक साताका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना नियन्त्रणका लागि जेठ २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १९ गते रातिदेखि लागू भएको निषेधज्ञाको समय दोस्रोपटक थपिएको हो ।

यस अगावै जेठ १३ गतेसम्म कायम रहेको निषेधाज्ञाको अवधि थप गरी जेठ २० गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
–––

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  ३ : ४८ बजे