१२ जेठ ०७८, काठमाडौं । काठमाडौंमा पुनः बर्डफ्लु संक्रमण पुष्टि भएको छ । किर्तिपुर र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।
कीर्तिपुरका दुई र चन्द्रागिरीको एक ठाउँमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि त्यस क्षेत्रका पन्छी नष्ट गर्न टोली खटाइएको विभागले जानाएको छ ।
अस्वभाविक रुपमा टर्कीको मर्न थाले पछि विभागले नमूना संकलन गरी केन्द्रीय प्रयोगशालामा परिक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो । व्यवसायीक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा वर्डफ्लु भेटिएको विभागले जनाएको छ ।
काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खु लगायतका क्षेत्रमा केही महिना अघि कुखुरा र टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो ।
प्रतिक्रिया