२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर गुइतः मा बुद्ध जयन्ती मनाइयो



१३ जेठ ०७८, ललितपुर। ललितपुर गुइतःमा गौतम बुद्धको २६४५ औं जन्म दिवस, २६१० औं बोधिज्ञान लाभ दिवस र २५६५ औं महापरिनिर्वाण दिवस मनाइएको छ ।

बुद्ध जयन्ती समारोह समिति गुइतःको आयोजनामा भएको उक्त कार्यक्रम विश्वव्यापी कोरोना महामारीका कारण बाजागाजासहित नगरपरिक्रमा गर्ने अवस्था नभएका कारण भर्चुअल माध्यम तथा बोधि टि.भि., नेपालमण्डल र नेपाः च्यानलबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न कार्यक्रमहरू गरिएको थियो ।

जेठ ६ गते देखि साप्ताहिक धर्म देशनाबाट शुरु भएको उक्त कार्यक्रम बुद्ध जयन्तीको दिन बिहान भिक्षु पञ्ञासारज्युबाट बुद्ध पूजा, परित्राण तथा धर्म देशना कार्यक्रम गरिएको थियो भने दिउँसो २ वजे अखिल नेपाल भिक्षु महासंघका उपाध्यक्ष श्रद्धेय भिक्षु धर्ममूर्तिको प्रमुख आतिथ्यमा वृहत् बौद्ध सभा आयोजना गरिएको थियो ।

समारोह समितिका अध्यक्ष प्रेम महर्जनको सभापतित्वमा भएको उक्त सभामा ८ वडाध्यक्ष एवं सल्लाहकार हेम महर्जनले स्वागत मन्तव्य राखेका थिए ।

सभामा ललितपुर बुद्ध जयन्ती कोषका उपाध्यक्ष चन्द्रमान शाक्य, युवक बौद्ध मण्डल नेपालका अध्यक्ष अर्णितारा वज्राचार्य, बौद्ध विहार संघ ललितपुरका अध्यक्ष नानीकाजी शाक्य, संविधान सभा सदस्य तथा अध्यक्ष, ज्यापू समाज यलका चन्द्र महर्जन, वाग्मती प्रदेशका सांसद शोभा शाक्य, वाग्मती प्रदेशका, सांसद ज्ञानेन्द्र शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, ललितपुर क्षेत्र नं २ का सांसद कृष्णलाल महर्जनले मन्तव्य दिएका थिए ।

कार्यक्रमको अन्तमा समारोहका सचिव ज्ञानेन्द्र शाक्यले धन्यवादज्ञापन र सभापतिले सभाविसर्जन गरेका थिए ।

कार्यक्रमको बीचमा ५० वर्ष अगाडि गुइतःमा नै आयोजना गरिएको बुद्ध जयन्ती समारोहको संस्मरणमा स्वर्ण महोत्सवको स्मारक स्वरूप एक बुद्ध मूर्ति स्थापना गर्ने योजनाका लागि दाता शंखरत्न शाक्यले एक बुद्ध मूर्ति दान स्वरूप हस्तान्तरण गरेका थिए । यसैको संस्मरण स्वरूप प्रकाशन गरिएको स्मरिका पनि सोही सभामा विमोचन गरिएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १० : ०६ बजे