२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोटिखेल क्षेत्रमा कोरोना संक्रमितको घरबाट दुध संकलन बन्द



कालेश्वरको प्रवेशद्वारको रुपमा रहेको गोटिखेल बजार । तस्विर ः ललितपुर खबर

ललितपुर खबर
१४ जेठ ०७८, ललितपुर । दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले गोटिखेल क्षेत्र आसपासका क्षेत्रमा कोरोना संक्रमितको घरबाट दुध संकलन बन्द गर्न अनुरोध गरेको छ । गाँउपालिकाले सुचना प्रकाशित गरेर कोरोना संक्रमितको घरबाट दुध संकलन गर्दा अन्य व्यक्तीमा समेत कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै दुध संकलन नगर्न अनुरोध गरेको हो ।
गाउँपालिकाको सेवा स्थगित
माहाँकाल गाँउपालिकाको कार्यपालिका बैठकको यस क्षेत्रमा कोरोना जोखिम बढेको भन्दै यही जेठ १४ गतेदेखि २० गतेसम्मका लागि गाँउपालिका र वडा कार्यलयहरुको सबै सेवा स्थिगित गरेको छ । कार्यालयको अत्यावश्यक सेवा भने सुचारु हुने गाँउपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ११ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।