२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महाकाल गाँउपालिकामा ८६ जनामा कोरोना संक्रमण




ललितपुर खबर
४ जेठ ०७८, ललितपुर । महाँकाल गाँउपालिकाको मानिखेल अस्पताल र गोटिखेल स्वास्थ्य चौकीमा गरिएको एण्टिजेन परिक्षणपछि अहिलेसम्म ८६ जना संक्रमित फेला परेको गाँउपालिकाकी उपध्यक्ष कमला तामाङले जानकारी दिइन् । यस पालिकामा जम्मा ३९४ जनाको परिक्षणपछि यो नजिता आएको हो ।
गाँउपालिकाको चन्दनपुर(५)मा अहिले कोरोनाका संक्रिय संक्रमित छैनन् भने बुखेल (१) २ जना, मानिखेल(२) २२ जना, गोटिखेल(३) १६ जना,कालेश्वर(४)१८ जना र ठूलादुलुङ(६) ४ जना रहेको गाँउपालिकाले जानकारी दिएको छ ।
अहिले मानिखेल अस्पतालमा ७ जना कोरोना संक्रमित उपचाररत छन् भने अन्य ५५ जना विरामी होम आइसोलेशनमै रहेको गाँउपालिकाले जानकारी दिएको छ ।
अहिलेसम्म यस गाँउपालिकाभित्र कोराना संक्रमणपछि २ जनाको मृत्यु भइसकेको छ । अन्य क्षेत्रबाट आएका ३ जनामा कोरोना संक्रमण भेटिएको गाँउपालिकाको भनाई छ ।
गोटिखेल क्षेत्रमा कोरोना संक्रमितको घरबाट दुध संकलन बन्द
दक्षिण ललितपुरको महाँकाल गाँउपालिकाले गोटिखेल क्षेत्र आसपासका क्षेत्रमा कोरोना संक्रमितको घरबाट दुध संकलन बन्द गर्न अनुरोध गरेको छ । गाँउपालिकाले सुचना प्रकाशित गरेर कोरोना संक्रमितको घरबाट दुध संकलन गर्दा अन्य व्यक्तीमा समेत कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै दुध संकलन नगर्न अनुरोध गरेको हो ।
गाउँपालिकाको सेवा स्थगित
माहाँकाल गाँउपालिकाको कार्यपालिका बैठकको यस क्षेत्रमा कोरोना जोखिम बढेको भन्दै यही जेठ १४ गतेदेखि २० गतेसम्मका लागि गाँउपालिका र वडा कार्यलयहरुको सबै सेवा स्थिगित गरेको छ । कार्यालयको अत्यावश्यक सेवा भने सुचारु हुने गाँउपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ३ : ४७ बजे