१५ जेठ ०७८,चापागाँउ । सामुदायिक वन उपभोक्ता महासंघ गोदावरीले गोदावरी नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
टि एफ प्रोग्राम कोअर्डिनेटर श्री निसान बराल र सामुदायिक वन उपभोक्ता महासंघ गोदावरीका अध्यक्ष रामप्रसाद बरालले गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । गोदावरी नगरपालिकाका अनुसार ३००० सर्जिकल मास्क, २५ लिटर हेन्ड सेनिटाइजर २६ मिलिलिटरको ह्याण्ड सेनिटाइजर २६ बोतल र ६२ प्रति फेस सिल्डहस्तान्तरण गरिएको हो । ललितपुरको गोदावरी क्षेत्रमा कोरोना संक्रमण बढ्दै गइरहेको र यसको न्युनिकरणका लागि नगरवासीहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको बरालले बताए ।
मयर महर्जनले स्वास्थ्य सामाग्री बुझ्दै टिएफ प्रोगम र महासंघलाई धन्यवाद दिएका थिए ।
१५ जेष्ठ २०७८, शनिबार
0
Shares
प्रतिक्रिया