ललितपुर खबर
१५ जेठ ०७८, ललितपुर । दक्षिण ललितपुरको भट्टेडाँडामा अस्टिकल फाइवर मार्फत इन्टरनेट आइपुगेको छ । मकवानपुरको हेटौडाबाट ठिङ्गन प्युटार माझखण्ड वगुवा हुदै भट्टेडाँडासँगै छपेली गाँउसम्म इन्टरनेट जडान गरिएको पयकालिका मल्टिमिडियाका संचालक सरोज न्यौपानेले ललितपुर खबरलाई बताए । उनले भने, ‘हामीले भट्टेडाँडास्थित वागमती कार्यालय, भट्टेडाँडा प्रावि र छपेलीको बैकमा इन्टरनेट जडान गरिसकेका छौं ।’
गाँउपालिकाका प्रेस संयोजक संयोजक दिपकप्रसाद घिमिरेले भट्टेडाँडामा पहिलोपल्ट अप्टिक फाइवर पुगेको बताए । उनले भने इकुडोलसम्म गोटिखेल हुँदै पहिले नै आएको थियो ।
न्यौपानेका अनुसार दक्षिण ललितपुरकै प्युटारस्थित कालिदेविमाविसँगै यहाँका अन्य १२ घरमा समेत इन्टरनेट जडान गरिएको छ ।
जयकालिकाले वेभसर्फर मिलेर इन्टरनेट जडान गरेका हुन् । उनले भने, हामीले इन्टरनेट हिड्ने अप्टिकल ल्याएका छौं । यो सूचनाको राजमार्ग हो ।’
उनका अनुसार यस कम्पनीले उत्तरी मकवानपुरको दुर्गम गाँउपालिकासम्म इन्टरनेट पु¥याइसकेको छ ।
दक्षिण ललितपुरका स्थानीयबासीले व्यक्तिगत रुपमा समेत यो इन्टरनेट जोड्न सक्ने उनले बताए । भने, ‘अहिले २ सय वटा जोड्न मिल्छ । आवश्यकत्ता अनुसार त्यसको क्षमता बढाउन सकिन्छ । हामीले गाँउपालिका स्कूल र संघसंस्थाहरुलाई प्राथमिकतामा राखेका छौं ।’
एउटा घरमा इन्टरनेट जोड्न १३ हजार शुल्क लाग्ने उनले बताए । उनका अनुसार त्यसमा १ सय मिटर तार, राउटर र ३ महिनासम्मको शुल्क लाग्दैन । २० एमविपिएसको इन्टरनेट चलाउन महिनाको १ हजार २ सय ५० सय शुल्क लाग्छ । दुर्गम गाँउसम्म पुर्वाधार ल्याएर इन्टरनेट जडान गर्दा यो शुलक नगन्य रहेको उनको भनाई छ ।
गाउपालिका र वडाहरुको सहयोग गरे हरेक वडासम्म आफुहरु इन्टरनेट पु¥याउन तयार रहेको उनले बताए ।
प्रतिक्रिया