१५ जेठ ०७८, ललितपुर । सरकारले काठमाडौंको जाम हटाउन तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउने भएको छ। कोटेश्वरमा सुरूङ मार्ग बनाउन बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसका लागि १ अर्ब ८० करोड बजेट छुट्टाएको जानकारी दिए।
यस्तै सरकारले आर्थिक वर्ष २०७८/७९ मा चक्रपथमा पर्ने राजधानीका व्यस्त ३ सडकमा फ्लाइओभर निर्माण गर्ने भएको छ।
सातदोबाटो, ग्वार्को र एकान्तकुनामा आर्थिक वर्ष २०७८/७९ फ्लाइओभर बनाइने मन्त्री पौडेलले जानकारी दिए । यस्तै, २ वर्षभित्र काठमाडौंको चक्रपथ विस्तार कार्यक्रम सम्पन्न गर्न २ अर्ब ६४ करोड बजेट, नागढुंगा-सिस्नेखोला सुरुङमार्ग २ वर्षभित्र संचालनमा ल्याउन ९ अर्ब ८५ करोड बजेट गरेको अर्थमन्त्री पौडेलले बताए।
प्रतिक्रिया