४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


भारतमा नयाँ संक्रमित संख्या निरन्तर घट्दै



एजेन्सी । भारतमा नयाँ काेराेना संक्रमितकाे संख्या लगातार घट्दै गएकाे गएकाे छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बितेकाे २४ घण्टामा १ लाख ६५ हजार ५ सय ५३ संक्रमित थपिएका छन्।

२० लाख ६३ हजार भन्दा धेरैकाे परीक्षण गर्दा साे संख्यामा संक्रमित फेला परेका हुन्। याे अवधिमा काेराेना संक्रमणका कारण ३ हजार ४ सय ६० जनाकाे मृत्यु भएकाे छ। यस्तै २ लाख ७६ हजार ३ सय ९ जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएकाे मन्त्रालयले जनाएकाे छ।

अहिलेसम्म भारतमा २ कराेड ७८ लाख ९४ हजार ८०० जना संक्रमित भएका छन् । जस मध्ये २ कराेड ५४ लाख ५४ हजार ३२० जना संक्रमणमुक्त भएका सरकारी तथ्यांक छ।

संक्रमित मध्ये ३ लाख २५ हजार ९ सय ७२ जनाकाे मृत्यु भएकाे छ। अहिले भारतमा २१ लाख १४ हजार भन्दा धेरै सक्रिय संक्रमित छन्।

भारतमा अहिलेसम्म ३४ कराेड ३१ लाख ८३ हजार भन्दा धेरै मानिसहरुकाे काेराेना परीक्षण गरिएकाे छ। महामारी नियन्त्रणमा लिन २१ कराेड २० लाख ६६ हजार भन्दा धेरै मानिसहरुलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे कम्तीमा एक मात्रा दिइएकाे छ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ११ : ४६ बजे