४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कोटडाँडाबाट तारमा अल्झिएको चितुवाको उद्धार



१७ जेठ ०७८, ललितपुर। ललितपुर कोटडाँडाबाट तारमा अल्झिएको चितुवाको उद्धार गरिएको छ।

सदर चिडियाखानाको टोलीले आइतबार साँझ ललितपुरको टिकाभैरवबाट चार किलोमिटरमाथि रहेको कोटडाँडाबाट उद्धार गरेको हो।

राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलका अनुसार चितुवा एकदमै दयनीय अवस्थामा फेला परेको थियो। पोथी चितुवाको शरीर पछाडि तार अल्झिँदा भाग्न सकेको थिएन। साँझ करिब साढे ५ देखि ६ बजेको समयमा प्रहरी र जिल्ला वन कार्यालय, ललितपुरसँगको समन्वयमा चिडियाखानाको टोलीले चितुवाको उद्धार गरेको हो।

करिब पाँच मिटरको दुरीबाट चितुवालाई डार्टले हानिएको थियो भने अल्झिएको तार फुस्काएर गाडीमा चिडियाखाना ल्याइएको छ। डेढ वर्षको चितुवा झण्डै २५ किलो तौलको छ। चितुवा फसेको तार मकैबारीमा राखिएको थियो।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार  ६ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।