
१७ जेठ ०७८, ललितपुर। पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षण गर्दा ४ हजार १ सय ७८ र २ हजार ४ सय २५ एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा संक्रमण पुष्टि भएको हो। सोमबार देशभर ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ३ सय ८६ पुगेको छ। यसैगरी सोमबार ६ हजार ४ सय ९१ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।







प्रतिक्रिया