४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सरकार र थरुहट संघर्ष समितिबीच ६ बुँदे सहमति, रेशम चौधरीको मुद्दा फिर्ता लिन पहल गरिने



१८ जेठ ०७८, काठमाडौं । सरकार र थरुहट संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मंगलबार सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

थारु कल्याणकारिणी सभा, थारुहट, थारुवान संयुक्त संघर्ष समितिबीच टिकापुर घटनामा आरोपित ई. धनीराम चौधरी, रेशमलाल चौधरी, लक्ष्मण चौधरीलगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि पहल गर्ने सहमति भएको छ ।

यसैगरी थरुहट आन्दोलनमा सहिद भएका परिवारमध्ये राहत पाउन छुट भएकाहरुलाई राहत उपलब्ध गराउने, घाइतेको उपचार र क्षति भएको धनजनको मूल्यांकनका आधारमा क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ ।

संविधान र सर्वोच्च अदालतको फैसलाअनुसार थारुहरुको आरक्षणलगायतका विषयमा पनि सहमति भएको छ ।

सहमतिपत्रमा काूनन, न्याय तथा संसदीय मामिला मन्त्री प्रमुख रहेको सरकारी वार्ता टोली र संघर्ष समितिका तर्फबाट पूर्वसांसद रुकमिणी चौधरी नेतृत्वको वार्ता टोलीका सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ५ : १९ बजे