४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन




१८ जेठ ०७८, काठमाडौं । विवेकशील पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन भएको छ । थापाको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार निधन भएको हो । मेडिसिटी अस्पतालले उनको निधनको पुष्टि गरेको छ।

बुढानिलकण्ठका बासिन्दा तथा बुढानिलकण्ठ स्कूलका विद्यार्थी समेत रहेका ४४ वर्षे थापा सपरिवारसहित झण्डै एक महिना पहिले सगरमाथा आधार शिविर क्षेत्रको यात्रामा गएर फर्किएका थिए। सोही क्रममा कोरोना भाइरसको संक्रमण भएपछि उनलाई सुरुमा ह्याम्स अस्पतालमा राखेर उपचार गरिएको थियो ।
ग्राण्डी अस्पताल हुँदै उनलाई गएको शुक्रबार ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको हो । एकमो थेरापीबाट मेडिसिटीमा उपचार हुँदै गर्दा सोमबार उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । डाक्टरहरुले स्वास्थ्य अवस्था निकै जटिल रहेको बताएका थिए ।
उनको उपचारकै क्रममा मंगलबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ५ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।