१८ जेठ ०७८, वागेश्वरी । भक्तपुर वागेश्वरीकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका ७ बागेश्वरी हेल्थ पोष्ट नजिक बस्ने ३० वर्षीया बिनिता श्रेष्ठको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।
आफ्नै भान्छा कोठाको विजुलीको स्वीच बोर्डमा करेन्ट सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि मध्यपुर अस्पतालतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
प्रतिक्रिया