५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा, तर केही खुकुलो



१९ जेठ ०७८, काठमाडौं । गत जेठ १३ गते एक साताका लागि थपिएको निषेधाज्ञा राजधानी काठमाडौंमा फेरि १० दिनका लागि थपिने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकपछि निषेधाज्ञा १० दिनका लागि थपिने भएको हो ।
अहिलेको निषेधाज्ञालाई केही खुकुलो बनाएर १० दिन थप्ने निष्कर्ष बैठकले निकालेको हो । निषेधाज्ञा थप्ने आदेश आजमात्रै जारी हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठक बसेपछि तीन जिल्लाका सिडिओबीच छलफल भएको हो।
’आज १० बजेतिर आदेश जारी हुन्छ,’ प्रजिअ पराजुलीले भने, ’तीन वटै सिडिओबीच छलफल गरियो । अब यसलाई फाइनल रिपोर्ट बनाएर जारी गर्छौ।’ सिडिओहरूबीच मंगलबार छलफल भएको थियो ।

प्रशासनले काठमाडौं उपत्यकामा थप जेठ मसान्तसम्म निषेधाज्ञा जारी थप्ने तयारी गरेको भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार २१ गतेदेखि खाद्यान्न पसल बिहान खोल्न दिने, विकास निर्माणको काम पनि सुचारू गर्ने तयारी छ।
’जारी निषेधाज्ञालाई अझ व्यवस्थित गरेर खाद्यान्न सामग्री सहज गर्ने भन्ने छ। विकास निर्माणको कार्यथलोमै कामदारहरूलाई राखेर गर्ने र उनीहरूले सुरक्षाका मापदण्ड पालना गर्ने भन्ने कुरा छ,’ उनले भने,’ आज डिटेल आउँछ।’
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उद्योग सञ्जालन गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।
’२१ गते देखि लागू हुने गरी खाद्यान्न व्यवसायहरूलाई सहजीकरण गर्ने, आवश्यक जनशक्ति राखेर उद्योग सञ्चालन गर्नेबारे छलफल भएको छ। मसान्तसम्म लागू गर्नेबारे छलफल भएको छ,’ उनले भने।

 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ९ : ०० बजे