१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आफ्नै छोरीलाई यौन दुर्व्यवहारको काठमाडौंको डल्लुबाट आरोपमा वावु पक्राउ




१९ जेठ ०७८, काठमाडौं । काठमाडौंको डल्लुबाट आफ्नै १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा वावु पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने गोरखा घर भएका ३८ वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
ती पुरुषले डरत्रास धाकधम्की दिई यौन दुर्ब्यबहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले दुवैको नाम गोप्य राखेको छ ।
साथै भक्तपुरको गुण्डुबाट पनि एक पुरुष १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका ७ गुण्डु बस्ने ५० वर्षीय हरिकृष्ण कोजुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कोजुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यी दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ६ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।