४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


थप ६८२५ जनामा कोरोना संक्रमण



२० जेठ ०७८, काठमाडौं । नेपालमा थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ५ सय ६२ पीसीआर परीक्षण गर्दा  ५ हजार ८ सय २५  र ३  हजार २ सय ११  एन्टिजेन परीक्षण गर्दा १ हजार जनामा संक्रमण पुष्टि भएको हो।

यसैगरी बिहीबार ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।

देशभर ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ६ सय ३० पुगेको छ।

 

 

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहिबार  ५ : ४२ बजे