२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


यौन दुर्व्यवहारको आरोपमा सूर्यविनायकबाट पुरुष पक्राउ




२० जेठ ०७८, भक्तपुर । १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका ८ गणेश मन्दिर बस्ने ४९ वर्षीय चुलाई मुखियालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मुखियाले ती बालिकालाई २०७७ पुस ११ गते भक्तपुर नगरपालिका १ सल्लाघारीमा यौन दुर्व्यवहार गरेको भन्ने खबर बुधबार प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेका जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ७ : २९ बजे