२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेमा बजार अनुगमन, पसलै पिच्छे मूल्य फरक



२१ जेठ ०७८, काभ्रे । बजारमा उपभोग्य बस्तुमा चरम मुल्य बृद्धी भएको गुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय काभ्रेले आज बजार अनुगमन गरेको छ । संकटको बेला बजारमुल्य बृद्दी भएको गुनासोसँगै सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको नेतृत्वमा बनेपा नगरपालिका, काभ्रे उद्योग वाणिज्य संघ र प्रहरी प्रशासनको सहभागितामा बजार अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा निषेधाज्ञा अवधीमा अत्यावश्यक सेवा दुध, तरकारी, खाद्यान्न, कुखुरा, दाना चल्ला, गाई-भैसीको दाना लगायतलाई सहज बनाउन र कृषकहरुको उपज, मल, विउ निर्यात तथा आयातलाई पनि सहज बनाउन व्यवसायहरुलाई निर्देशन दिएको छ ।
सो क्रममा टोलीले अत्यावश्यक बाहेक अन्य पसल खोलेर बस्ने ब्यवसायीहरुलाई तत्काल बन्द गर्न र अटेर गरे संक्रमक रोग ऐन अन्तर्गत कारवाही गर्ने चेतावनी दिएको छ ।

अत्यावश्यक सेवा खोल्ने अवधीमा बनेपामा सबै खालका पसल खोल्दा भिडभाड बढ्न गई संक्रमण फैलन सक्ने भएकाले त्यसको रोकथामका लागि बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताए । बजार मुल्य बृद्धी भएका सम्वन्धमा नागरिकहरुको गुनासो आएपछि तत्काल मुल्य बृद्धी भएको गेडागुडी, दाल, चामल, तेल, चिनी लगायतका बस्तुहरुमा भएको कृत्रिम मुल्य बृद्धीका सम्वन्धमा अनुगमन टोलीले दररेट संकलन गरेको छ । अनुगमनको क्रममा एउटै स्थानबाट आउने सामग्रीहरुको मुल्य पनि पसल नै पिच्छे फरक/फरक पाईएको जनाएको छ ।

त्यसरी फरक पाईएको व्यवसायिलाई अध्ययनपछि कारवाहीको प्रकृया शुरु गर्ने जनाएको छ । व्यवसायिहरुले भने ढुवानी महङ्गो भएको, उद्योगले पनि मुल्य बृद्धी गरेको, धान तथा अन्य कच्चा पदार्थको मुल्य बृद्धीका कारण समस्या भएको बताएका छन् ।

मुल्य बृद्धी नरोके संक्रमण रोग ऐन अन्र्तगत कालोबजारी गरेको अभियोगमा कारवाही हुने प्रशासनले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  १ : ४२ बजे