२२ जेठ ०७८, ग्वार्को । सेनिटाइजर कालो बजारीको आरोपमा ग्वार्कोबाट ३ जना पक्राउ
ललितपुरको ग्वार्कोबाट सेनिटाइजर कालोबजारीको आरोपमा २ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ग्वार्कोस्थित ओम निरमाया हेल्थ केयर प्रा लिका सञ्चालकहरु मोरङ जिल्ला विराटनगर उपमहानगर १४ घर भई हाल ललितपुर महालक्ष्मी नगर ४ वस्ने वर्ष ४४ को अमित ताम्राकार र
ललितपुर महानगर ५ महालक्ष्मीस्थान वस्ने वर्ष ४३ को निरेश थापालाई मापदण्ड विपरित कमसल बनाई विक्रि वितरण गरेको आरोपमा पक्राउ गरेको हो ।
उनीहरुलाई सामाजिक अपराध र सजाय ऐन २०३२ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले सञ्जिविनी लिक्युड ह्याण्ड सेनिटाइजर नेट भोल १ सय एमएलको २४० लिटर फेला पारी रित पुर्वक वरामद गरेको जानकारी दिएको छ ।
उनीहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।
२२ जेष्ठ २०७८, शनिबार
0
Shares
प्रतिक्रिया