२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर बुरुन्चुलीको रेन्जरपोष्टमा प्रहरी कार्यालय सारेपछि स्थानीयद्वारा प्रदर्शन




ललितपुर खबर
२४ जेठ ०७८, ललितपुर । गोदावरी नगरपालिका ७ देविचौर बुरुन्चुलीस्थित रेञ्जरपोष्टको खाली भवनमा टिकाभैरव प्रहरी कार्यालयको अस्थायी प्रहरी कार्यालय सारेपछि स्थानीय बासिन्दाले प्रर्दशन गरेका छन् ।
ललितपुर टिकाभैरवस्थित प्रहरी चौरी भवन जिर्ण भएको र नयाँ भवन बनाउन भन्दै प्रहरी कार्यालय सारेपछि स्थानीयबासीले विरोध गरेका हुन् । गतबुधबार एक्कासी प्रहरी कार्यालय सारेर प्रहरीहरु यस भवनमा बस्न थालेपछि शुक्रबार र आइतबार स्थानीयबासीले प्रहरी कार्यालय घेराउ गर्दै आधिकारिक निर्णयको पत्र मागेका थिए ।
गोदावरी नगरपालिका ७,९ र वागमती गाँउपालिकाको वडा नं. १ का बासिन्दाको संयुक्त बैठकपछि यो यस भवनमा नसार्न अनुरोध गर्दै हस्ताक्षर बुझाएका छन् । बुझाइएको हस्ताक्षरमा वडाध्यक्षहरु गिरी प्रसाद तिमल्सिना,आत्माराम क्षेत्री, र जगत बहादुर लोलगायत वडासदस्यहरुको समेत हस्ताक्षर छ ।
स्थानीय प्रकाश डिम्डुङ्गका अनुसार सारिएको प्रहरी कार्यालयसँगै विद्यालय रहेको र विद्यार्थीहरुमा प्रहरी चौकी सँगै रहँदा मनोवैज्ञानिक असर पर्ने र डर त्रासको वातारण हुने भएकाले स्थानीय बासिन्दाले प्रहरी चौकी नख्न नहुने माग गरेका हुन् ।


उनले भने, ‘हामीले प्रहरी कार्यालय सारेपछि स्थायी रुपमा बस्ने छाँटकाट देखेर विरोध गरेका हौं । गोदावरी नगरकै छम्पी सलिन्टारमा ५ वर्षअघि अस्थायी कार्यालय भनेर विद्यालयमा सारे पनि अहिलेसम्म हटेको छैन ।’

जिल्ला वन कार्यालय ललितपुरका प्रमुख (डिएफओ) कृष्णराज न्यौपानेले मौखिक रुपमा कुराकनी भएको, पत्र पनि आएको तर प्रहरी कार्यालयलाई जग्गा दिने कुनै निर्णय नगरिएको बताए । भने,‘अहिले निषेधाज्ञाका कारण कार्यालय बन्द छ ।  कुराकानी चाँही भएको हो । दिने अवस्था पनि छैन ।’
प्रहरी कार्यालय रेञ्जर पोष्टमा सार्न हेड क्वाटरदेखि प्रहरीको पत्र आएको सर्वदलीय निर्णय गर्न बाँकी नै रहेको अवस्थामा प्रहरी कार्यालय सरेर आएकाले विवाद चर्केको वडाध्यक्ष तिमल्सिनाले बताए । उनले भने, ‘हामीले टिकाभैरवमै कार्यालय बनाउनका लागि बजेट माग गर्ने र त्यही ठाँउमा व्यवस्थापन गर्न भन्दै वडाकार्यालय सहितको स्थानीयबासीको हस्ताक्षर संकलन गरेर पठाएका छौं ।’
महानगरिय प्रहरी परिसर जावलाखेलका प्रवक्ता प्रज्वल महर्जनले  भने स्थानीय तहसँग छलफल र सहमतीपछि प्रहरी कार्यालय स्थानान्तरण गरिएको बताए ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ९ : ३५ बजे