२४ जेठ ०७८, ललितपुर । ललितपुर महानगरपालिकामा कोरोना विरद्ध चिनिया खोप भेरोसेल लगाइने भएको छ । ललितपुर महानगरका अनुसार यही मंगलबार र बुधबार कोरोनाविरुद्ध खोप लगाइने भएको हो ।
यही मंगलबार र बुधबार नगरका पहिले नै तोकिएको खोप केन्द्रबाट यो खोप दिन लागिएको हो । नगरभित्रका ६० देखि ६४ वर्ष उमेर बृद्धाहरुलाई भेरोसेल खोप लगाउन लागिएको हो । प्राप्त जानकारी अनुसार तत्काल भारतबाट लयाइएको कोभिसिल्ड खोप लगाउने योजना नभएपछि यो खोप लगाउन लागिएको हो ।
प्रतिक्रिया