४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धापाखेलमा ट्रक पल्टेपछि चालक फरार




ललितपुर खबर
२५ जेठ ०७८, धापाखेल । ललितपुरको धापाखेलमा एक ट्रक पल्टेपछि चालक फरार भएका छन् ।
सोमबार राती १० बजेको समयमा ललितपुरको लेलेबाट लगनखेलतर्फ गइरहेको ना २ ख ८२७४ नम्बरको ट्रक ठेचोको ओरालोमा पल्टेपछि चालक हरि तामाङ चालक फरार भएका हुन् । पल्टेको ट्रक ढुंगा बोकेर गइरहेको थियो । धापाखेल दोबाटोसँगै धुम्तीबाट अगाडिको टायर बाहिर गएपछि ट्रक पल्टेको हो ।
चालक चापागाँउका तामाङ् हुन् । स्थानीयले उनी सामान्य घाइते भएको बताए ।
ट्रकबाट ढुंगा अर्को गाडीमा लोड गरिरहेको अवस्थामा भेटिएका एक मजदुरका अनुसार ट्रक ललितपुर लेलेस्थित एचवि इट्टा भट्टाको हो । मंगलबारसम्म चालक सम्पर्कमा आएका छैनन् भने मोवाइल अफ छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलबार  ५ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।